गौशालामा चक्कु हानेर भागेका सहनीले छोडेका थिए गौर जाने बसको टिकट

२०८० आश्विन १६, मंगलवार

काठमाडौं : काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट बानियापुर गाउँपालिकाका ३७ वर्षीय सिकिलदेव सहनी रहेका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान ११:४० बजेतिर तिलगंगाको पीके डायगोनोस्टिक सेन्टरमा गएर बारा कलैया नगरपालिका–२१ का ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार गरी उनी फरार भएका थिए । प्रहरीले उनलाई सोमबार नै कंलकीबाट नियन्त्रणमा लिएको थियो ।

घटनास्थलमा प्रहरीले गोलीसहित एक थान कटुवा पेस्तोल, चक्कु, कालो झोला र कोटेश्वरबाट गौर जाने बसको टिकट फेला पारेको थियो । उनीमाथि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
1

ताजा समाचार