घरेलु मैदानमै स्तब्ध बन्यो युनाइटेड

२०८० आश्विन १७, बुधबार

ओल्ड ट्राफोड : यो सिजन खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा गालातासारेसँग पराजित भएको छ । च्याम्पियन्स लिगको समूह ए अन्तरगतको खेलमा १० खेलाडीमा सीमित बनेको युनाइटेड २–३ गोलले स्तब्ध बनेको हो ।

खेलका अग्रता भने युनाइटेडले लिएको थियो । युवा खेलाडी रासमस होजलन्डले १७ औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तर यो अग्रता लामो समय टिक्न सकेन । २३ औँ मिनेटमा विल्फ्रेड जाहाले खेल बराबरी गरे ।
दोस्रो हाफको ६७ औँ मिनेटमा रासमसले पुनः युनाइटेडलाई अग्रता दिलाए । चार मिनेट पछि नै केरेम अक्टुरकोग्लुले गालातासारेका लागि बराबरी गोल फर्काए ।

७७ औँ मिनेटमा कासिमेरोले दोस्रो पहेँलो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित बन्यो । गालातासारेले पाएको पेनाल्टीलाई माउरो इकार्डीले गोलमा परिणत गर्न भने चुके । यद्यपि, इकार्डीले ८१ औँ मिनेटमा गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।

च्याम्पियन्स लिगमा सुरुवाती दुई खेल हारेको युनाइटेडले यो पहिलो अवसर हो । यसले म्यानेजर एरिक टेन ह्यागमाथि थप दबाब परेको छ । यो सिजन युनाइटेडले सबै प्रतियोगिताका १० खेलमध्ये ६ वटा हारिसकेको छ ।

समूहकै अन्य खेलमा बायर्न म्युनिखले एफसी कोपनहेगनलाई २–१ गोलले हरायो । ६ अङ्कसहित बायर्न समूहको शीर्ष स्थानमा रहेको छ । ४ अङ्कसहित गालातासारे दोस्रो स्थानमा छ । कोपनहेगन १ अङ्कसहित तेस्रो स्थानमा रहँदा युनाइटेड अङ्कविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार