पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारी राजु केसीलाई

२०८० आश्विन १७, बुधबार

काठमाडौं : सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सन्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा केसीले अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी पाएका हुन् ।

अख्तियारले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् ।
थापा निलम्बित भएपछि कोष सन्चालक समिति सदस्यबाट केसीलाई जिम्मा दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार