नेपालगन्जमा कर्फ्युका कारण जमुनाहा नाकामा यात्रुहरू अलपत्र

२०८० आश्विन १७, बुधबार

नेपालगन्ज : नेपालगन्जमा मंगलबारदेखि लगाइएको कर्फ्युका कारण जमुनाहा नाका भएर यात्रा गर्ने धेरै यात्रुहरू नाकामै अलपत्र परेका छन् । नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्युका कारण भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन् ।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आएका उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको बताए । प्रहरीले बसपार्कबाट पाँच वटा र आफनो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्‍याइँदै छ । स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।

नेपालगन्ज बुधबार बिहान अवस्था सामान्य देखिएको छ । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार