बस दुर्घटनामा २१ को मृत्यु

२०८० आश्विन १७, बुधबार

इटाली : इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन् ।

अग्निशमनकर्ता र उद्धार दलले बसबाट शव निकालेका र आगो निभाएका थिए ।

भेनिसका एक अधिकारीका अनुसार युक्रेनीसहित विदेशी पर्यटक बोकेको बस मार्घेरा समुदाय रहेको स्थलतिर जाँदै गर्दा मेस्त्रे शहरको सडकमा दुर्घटना भएको थियो ।

भेनिसका अग्निनियन्त्रक टोली कमाण्डर माउरो लुओन्गोका अनुसार बसमा सवार यात्रुहरू आगोमा फँसेका थिए । दृश्य अति नै दर्दनाक थियो, बसबाट शव निकाल्न करिब एक घण्टा लागेको थियो ।

भेनिसको पुरानो तथा ऐतिहासिक शहरबाट नौ किलोमिटर उत्तर पश्चिममा भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको भेनिस शहरका अधिकारी रेनाटो बोरासोले जानकारी दिनुभयो । उनिका अनुसार घाइतेलाई उपचारका लागि जिल्लाका विभिन्न पाँच अस्पतालमा पुर्याइएको छ ।

स्थानीय सञ्चारमाध्यामका अनुसार बस मेस्त्रेको रेल्वे ट्र्याक नजिकै दुर्घटनामा पर्दा केही तल खसी आगलागीसमेत भएको थियो ।

“यो अत्यन्त दुःखदायी हो, तर यो कसरी भयो भन्नेबारे थाहा पाउन कठिन छ”, भेनेटो क्षेत्रका गभर्नर लुका जाइयाले भन्नुभयो, “नयाँ र विद्युतीय बस तथा समस्यारहित सडक हुँदाहुँदै पनि भएको दुर्घटनाले त्रासदी फैलिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार