९ अंकले बढ्यो नेप्से

२०८० आश्विन १७, बुधबार

काठमाडौं : बुधबार सेयर बजार परिसूचक नेप्से ९.२४ अंकले बढेर १९ सय ६७.९७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९ सय ५८.७२ अंकमा झरेको थियो । तथापि, आज नेप्से सूचक बढेपनि कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

अघिल्लो दिन २७ अंकले नेप्से घटेको बजारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज बैंकिङ समूहको उपसूचक झिनो प्रतिशतले घट्न पुगेको छ भने बाँकी १२ वटा उपसूचक धनात्मक भएका छन् । आज सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक १.४२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.३७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ ।

आज मध्ये भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६१ प्रतिशतले घट्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार