मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई

२०८० आश्विन १७, बुधबार

जनकपुरधाम : मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई जिम्मेवारी तोकिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार उनलाई सो जिम्मेवारी तोकेका हुन् । काम विशेषले प्रदेश बाहिर हुने भएकाले उनलाई कार्यवाहक जिम्मेवारी तोकेका हुन् । 

उनलाई मधेश प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको पत्रमा उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार