रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास : पदम गिरी

२०८० आश्विन १७, बुधबार

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् ।

सरकारले चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयपछि उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिएको कुराले कानूनी राज्यको उपहास भएको छ । आफ्नो श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएकी भारती मानन्धरको जीवन रक्षाको माग गर्दै न्याय दिलाउन सरकारसँग जोडदार माग गर्दछु ।’

गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई राज्यले उन्मुक्ति दिँदा विधिको शासन, कानुनी राज्य र संविधानको बर्खिलाप हुन गएको बताए । श्रीमानको हत्यारालाई रिगललाई उन्मुक्ति दिएको विरोधमा भारती मानन्धर सर्वोच्च अदालतमा रिटसमेत दाहेर गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार