भारतीय स्टार क्रिकेटर शिखर धवनको सम्बन्ध-विच्छेद, पहिलेकै पतिसँग बसिन् आयशा

२०८० आश्विन १८, बिहीबार

काठमाडौँ : दिल्लीको एक पारिवारिक अदालतले भारतीय स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई स्वीकृत गरेको छ। शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्ने गरेका थिए।

यस क्रममा अदालतले शिखर धवनलाई छोरासँग वर्षौंसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको छ। बीबीसी हिन्दीका अनुसार दिल्लीको पटियाला हाउस कोर्टले ३७ वर्षीय शिखर धवनलाई मानसिक यातना दिएको आधारमा सम्बन्धविच्छेद गरेको हो।

शिखर धवनका वकिल अमन हिंगोरानीले यसबाट शिखर धवन निकै खुसी भएको र अब अदालतको आदेश पालना गर्ने बताएका छन्। अदालतले शिखर धवनले दिएको अधिकांश तर्कलाई स्वीकार गरेको छ। अदालतले धवनलाई भारत र अस्ट्रेलियामा छोरालाई भेट्न अनुमति दिएको छ। धवनले अब आफ्नो छोरासँग भिडिओ कलमा पनि कुरा गर्न सक्नेछन्।

अदालतले आयशा मुखर्जीलाई छोराको स्कुल बिदामा हरेक वर्ष भारत आउन र कम्तीमा आधा बिदा बुवा र परिवारसँग बिताउन आदेश दिएको छ।

धवनले आफ्नो याचिकामा आफ्नी श्रीमतीले सुरुमा आफूसँग भारतमै बस्ने बताएको उल्लेख गरेका छन्। तर उनले त्यसो गरिनन् र पछि पूर्वपतिसँग गरेको वाचाअनुसार अस्ट्रेलियामा बस्नुपर्ने बताइन्। पहिलो विवाहबाट आयशाका दुई छोरी छन्। आयशाले आफ्ना पूर्वपतिसँग अस्ट्रेलिया नछाड्ने वाचा गरेकी थिइन्। हाल आयशा आफ्ना दुई छोरी र एक छोरासँग अस्ट्रेलियामा बस्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार