विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

२०८० आश्विन १८, बिहीबार

काठमाडौँ : विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ।

बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गरे।

विद्यायन सम्बन्धी विधेयक २०८० कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए। उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरुको छलफलपछि प्राप्त सुझावलाई समेटर विद्यायन सम्बन्धि विधेयक, २०८० तयार पारेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार