मःम मा साङ्ला भेटिएपछि फो ९९ रेष्टुरेन्टमा महानगरले लगायो ताला

२०८० आश्विन १८, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिका–३ स्थित लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा महानगरपालिकाले ताला लगाएको छ ।

सो रेष्टुरेन्टमा मःम खान गएका एक जना ग्राहकले मःममा साङ्ला भेटिएको उजुरी महानगरमा गरेका थिए । सोही उजुरीका आधारमा महानगरको टोली अनुगमनका लागि बिहीबार रेष्टुरेन्ट पुगेर अनुगमन गरेको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोली अनुगमनको क्रममा भान्छा, खाद्य पदार्थ हेरेको थियो ।

‘हामीलाई आएको सूचना जस्तै अस्वस्थ ढंगले भान्सा चलाइएको रहेछ, भान्छामा साङ्ला, फोहोर देखिएपछि ताला लगाएर आएका छौं,’ पाण्डेले भने । प्राविधिक टोलीले अध्ययन गरेर जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा टुंगो लाग्ने पाण्डेले बताए ।

महानगरपालिकामा पछिल्लो समय रेष्टुरेन्ट, क्याफेहरुको विरुद्धमा उजुरी बढिरहेको छ भने महानगरले तत्काल कारबाही गर्ने नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार