

काठमाडौँ : क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो ।
केन्द्रीय प्रवक्ता प्रवक्ता डीआइजी कुबेर कडायतका अनुसार मंगोलियाविरुद्ध खेलेको खेलमा उत्कृष्ठ प्रदर्शन गरेसँगै उनलाई पुरस्कार स्वरुप सहायक हवल्दारमा बढुवा गरिएको हो ।
एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ऐरीले टी २० मा सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाएका थिए ।