युवालाई विदेश पलायन गराएर सुनियोजित रुपमा मुलुक रित्याउन लागियाे : चित्रबहादुर केसी

२०८० आश्विन १८, बिहीबार

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुलाई विदेश पलायन गराएर सुनियोजित रुपले मुलुक रित्याउन लागिएको बताएका छन् ।  

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरू विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन् । उनले नेपालमा रोजगारी दिन नसके युवाहरु बिदेसिए भनेर गोहीको आँसु चुहाउनुको अर्थ पनि नभएको बताए । 

अध्यक्ष केसीले युवाहरु बिदेसिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसदमा छलफल गर्नुपर्ने बताए । यसरी नै युवापुस्ता बिदेसिए आगामी २० वर्षमा मुलुक रित्तिने बताए । अध्यक्ष केसीले यस विषयमा संसदमा विस्तृत छलफल गर्दै निराकरणका लागि बेलैमा शतर्क हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार