

काठमाडौँ : एभरेष्ट बैङ्कको अगुवाइमा गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादनमा लगानी जुटेको छ । कजरिया रमेश टायल्स लिमिटेडमा एभरेष्ट बैङ्कको अगुवाइमा लगानी जुटेको हो ।
नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सका लागि एभरेष्टसहित तीन बैंकले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको हुन् । त्यसका लागि बिहीबार सहवित्तयिकरण अन्तर्गत सहभागि बैङ्कहरूबिच वित्तीय सहजीकरण कार्य सम्पन्न भएको छ ।
कजरिया टायल्समा लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा एभरेष्ट बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्वारा एक विशेष समारोहका बिच हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैङ्कहरू नबिल बैङ्क, नेपाल एसबिआई र प्रभु बैङ्कका उच्च पदस्थ अधिकारीहरू समेतको गरिमामय उपस्थिति रहेको थियो ।
नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४ अर्ब रहेको छ । त्यसमा एभरेष्ट बैंकसहित तीन बैंकले ३ अर्ब लगानी गर्ने भएका हुन् ।
विश्वको ७ औँ ठुलो पायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश पायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तरीय हुने जनाएको छ ।
मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।