साउदी उडेको नेवानिको जहाज फिर्ता आएको घटनामा दुई म्यानेजर ग्राउण्डेड

२०८० आश्विन १८, बिहीबार

काठमाडौं : नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकास माथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्यूटी अफ) गरेको छ ।

जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौं फिर्ता गर्नु परेको थियो ।

यो घटनामा नाइनएन–एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई काममा रोक लगाइएको छ । यो कारवाही प्राधिकरणले अर्को निर्णय नगरेसम्म लागु हुने समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार