पानीले बिथोल्यो एमाले गण्डकीको मतदान

२०८० आश्विन १८, बिहीबार

पोखरा : नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ । मतदान स्थल बाहिर भीषण वर्षा भएपछि मतदानमा समस्या भएको हो । 

साढे ५ बजेसम्मका लागि समय दिइएकोमा अझै २ सय हाराहारी मत खस्न बाँकी रहेको र मतदाता लाइनमा रहेका निर्वाचन समितिले जनाएको छ । ‘लाइनमा बसेका मतदातालाई मतदानको अधिकार दिनै पर्छ,’ संयोजक सुरेन्द्र थापामगरले भने, ‘अहिले पानी परिरहेको छ । केही समस्या परेको छ ।’

पोखरा सभागृहमा मतदान भइरहेको छ । निर्वाचन समितिका अनुसार मतदान गर्न अझै २ घण्टाजति समय लाग्नेछ । त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताइएको छ । मेसिन मार्फत मतदान भएकोले गणनामा धेरै समय नलाग्ने निर्वाचन समितिले जनाएको छ । साढे २ घण्टाभित्र सबै नतिजा आइसक्ने समिति संयोजक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार