गोली लागेर घाइते भएकी असई पत्नीको निधन

२०८० आश्विन १९, शुक्रबार

काठमाडौं : गोली लागेर घाइते भएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।

असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

उनी ९ दिनअघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैँलाई गोली हानेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार