नेपालगन्जमा पुनः विवाद उत्पन्न भएपछि पुनः लगाइयो कर्फ्यु

२०८० आश्विन १९, शुक्रबार

नेपालगन्ज : बाँकेको नेपालगन्जमा बिहीबार हटाइएको कर्फ्यु आज पुनः लगाइएको छ । हिन्दू मुस्लिम समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रवार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो । विवाद समाधानको लागि बुधबार सर्वपक्षीय बैठक बसेर कर्फ्यु हटाउने सहमति गरिएको थियो । सहमतिमा दुवै समुदायका धर्मगुरूहरू पनि सहभागी थिए तर नेपालगन्जमा यो विवाद उक्साउने अदृश्य समूहले काम गरिरहेकाले समाधान नभएको स्थानीयले जनाएका छन् ।

उनीहरूले धर्मका नाममा दुवै तर्फबाट अतिवादीहरूले उचालेका कारण समस्या भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार