

काठमाडौं : नेपालीहरुको महानपर्व बडादशैलाई लक्षित गरि सार्वजनिक यातायातको टिकट बुकिङ भोलि शनिबारदेखि खुल्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबिच दशैं लक्षित टिकट बुकिङ खोल्ने विषयमा सहमती नभईरहेको बेला नेपालकै प्रमुख तथा ठुलो बसपार्क काठमाडौंको नयाँबसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबारदेखि लागु हुने गरि अग्रिम टिकटको बिक्री खुल्ला गर्न लागेको नयाँ बसपार्कमा कार्यरत कर्मचारी गोकर्ण लामिछानेले हाम्रोदेशलाई जानकारी दिए ।
बडादशैको टिकट अग्रिम खुल्ला एक महिना अगिदेखि हुने गरेकोमा यस वर्ष दशै आउन एक हप्ता मात्र बाँकी रहेको समयसम्म पनि सरकार र यातायात व्यवसायीहरुबिच वार्ता सफल नभएको भन्दै टिकट बुकिङ खुल्ला नगरेपछि दशै मान्नको लागि देशबाहिर जाने लार्खौ जनताहरु अलमलमा परेका थिए ।
यस अघिको समाचारमा शनिबारदेखि हुनुपर्ने मा अन्यथा भएकोले सच्याइएको छ । सं