‘राजा’ शब्द प्रयोग भएकोमा संसद्‌मा सवालजवाफ, रेकर्डबाट हटाउन माग

२०८० आश्विन १९, शुक्रबार

काठमाडौं : प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्। लिङ्देनले केही सांसदहरुले पूर्वराजा ज्ञानेन्द्रका कारण लोकतन्त्र अप्ठ्यारोमा परेको भनेको कुरा खण्डन गर्दै जवाफ माग गरेका थिए।

उनले भनेका थिए, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरेको छ, म त्यसको जानकारी लिन चाहन्छु।’

यो पनि पढ्नुहोस

पूर्वराजाको बचाउमा उत्रिए राजेन्द्र लिङ्देन, भन्छन्– ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्र अवरुद्ध भयो?
लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै उनी पछि बोल्ने माओवादी केन्द्रका सांसद दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्।

‘नेपालको संविधानले राजा चिन्दैन। भर्खरै एक जना माननीयले राजा भन्ने शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रि गणतन्त्रात्मक मुलुक हो। तसर्थ राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहान्छु,’ दाहालले भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार