बुकबहादुर तामाङ डिशहोम सुपरस्टार

२०८० आश्विन १९, शुक्रबार

काठमाडाैं : बुकबहादुर तामाङ डिशहोम सुपरस्टार बनेका छन्। डिशहोमको रिचार्ज गर्दा तामाङले १ लाख पुरस्कार सहित सम्मान पाएका हुन्। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्रप्त गरेका छन्। 

चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए। रिचार्ज कार्ड बेच्ने डिलर दाइ अन्तर्गत शिवानी इलेक्ट्रोनिक्सले १० हजार पाएको छ। 

डिश मिडिया नेटवर्कले तामाङ सहितको परिवारलाई एक रात रिसोर्टमा राखी बिदाइ गर्ने छ। अघिल्लो हप्ता रानीवास भोजपुरका भूपाजित राईले जितेका थिए। राईको घरमै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको परिवारलाई नगद १ लाख हस्तान्तरण गरे।

२०८० असोज ८ गते सोमबार भएको लक्की ‘ड्र’ मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन्। डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सञ्चालन गरिरहेको छ।योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ‘ड्र’ मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडियामा छाउनेसँगै सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार