लुम्बिनी विकास बैंकले पनि शुरु गर्याे ‘कार्डलेस क्यास विथड्रल’ सेवा

२०८० आश्विन १९, शुक्रबार

काठमाण्डौ : नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) सदस्य लुम्बिनी विकास बैंकले कार्डलेस क्यास विथड्रल सेवा शुरु गरेकाे छ । बैंकले हालै नेप्सको कार्ड प्रोसेसिङ्ग स्वीच प्रयोग गरी उक्त सेवा सुचारु गरेका हुन् ।

यस सेवाको कार्यान्वयनसँगै अब बैंकहरुका ग्राहकहरुले एटिम कार्ड बिना नै एटिम मेसिनहरुबाट सहज र सुरक्षित तवरले नगद निकाल्न सक्ने छन् । कार्डलेस क्यास विथड्रल गर्नका लागि यी बैंकहरुका ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप लगइन गरी कार्डलेस विथड्रल सेलेक्ट गर्नु पर्नेछ । साथै, आफुले झिक्न चाहेको रकम प्रविष्ट गरि प्रोसिड थिच्नु पर्नेछ । यस पश्चात दर्ता गरिएको मोबाईल नम्बरमा ग्राहकलाई ओटीपी कोड पठाइने छ ।

त्यसपछि ग्राहकले यी बैंकहरुका कुनै एटीएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गर्नुपर्ने छ र मागिएको विवरण जस्तै आफ्नो मोबाईल नम्बर, पठाईएको ओटीपी कोड तथा आफुले झिक्न चाहेको रकम प्रविष्ट गरी कार्डबिना एटीएम मेसिनबाट नगद निकाल्न सक्नेछन् ।

हालसम्म नेप्सका सदस्य बैंकहरु मध्य कार्डलेस क्यास विथड्रल सेवा लक्ष्मी सनराज बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, प्राइम बैंक, ज्योति बिकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकहरुमा कार्यान्वयन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार