एक घण्टादेखि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा वार्ता

२०८० आश्विन २०, शनिबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा भेटवार्ता भइरहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

उनीहरुबीचको वार्ता अहिले पनिजारी छ। वार्तामा दुई नेता मात्रै सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार