इन्गेजमेन्टका लागि टिकटकरद्वय आयुष र एलिजेलाई एमाले अध्यक्ष ओलीको बधाई

२०८० आश्विन २०, शनिबार

काठमाडौँ : नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजे जमाली (एलिजे) लाई ‘इन्गेजमेन्ट’ (टीकाटालो) गरेकामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।

टिकटक लाइभमा जोडिएर प्रेममा परेका आयुष र जमालीबीच गत शुक्रबार मात्रै दुबईमा इन्गेजमेन्ट भएको हो।

यसरी मायालाई जात, धर्म, देशको सीमा पर्खालले पनि रोक्न नसक्ने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले यसले मानवबीच एकता र समानताको सन्देश दिने धारणा व्यक्त गरेका छन्।

‘नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आआफ्नो संस्कृतिअनुसार इन्गेजमेन्ट (टीकाटालो) गरे’, ओलीले उनीहरूको तस्बिरसहित सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन, समानता खोज्न सिकाउँछ। उनीहरूलाई बधाई छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार