एसियाली खेलकुदको करातेमा एरिका फाइनलमा, रजत पदक पक्का

२०८० आश्विन २०, शनिबार

हान्झाउ : चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन् ।

६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी हुन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई हराएकी थिइन् ।

एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छिन् र अब स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग आज शनिबार नै खेल्ने छिन् ।

एरिकाले नेपालका लागि दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार