धनगढी एफसीको ब्रान्ड एम्बास्डर बनिन् मिस पबी

२०८० आश्विन २०, शनिबार

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं नियुक्त गरेको छ।

धनगढी एफसीका सिइयो सकुश केसी र कलाकार मिस पवीले एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार मिस पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुने छिन्।

धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थनसमेत गर्नेछिन्। धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन्।

‘नेपाल सुपर लिगको साविक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रूपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु’, उनले भनिन्, ‘पहिलो सिजनमा सबैको अपार साथ समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो। यो सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ। धनगढीले अझै राम्रो फुटबल पस्किँदै दर्शकहरूलाई मनोरञ्जित पार्ने विश्वास लिएकी छु।’

धनगढी एफसीका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रूपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बास्डरको रूपमा पाउँदा खुसी व्यक्त गरे।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ।

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन्। आशिषले सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज युनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ।

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईलाई निरन्तरता दिएको छ। धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार