

विराटनगर : प्लाई र केमिकल गोदाममा आगलागी हुँदा करिब पौने ४ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।
बूढीगंगा गाउँपालिका–१ गंगा चोकमा रहेको प्लाई र केमिकल गोदाममा आगलागी हुँदा पौने चार करोड बराबरको क्षति भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार सो गोदाम उद्योगी दिवाकर राठीको हो ।
आज दिउँसो १२:३० बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ५ वटा दमकलको सहयोगमा दिउँसो ४:५५ बजेतिर नियन्त्रणमा लिइएको हो ।आगलागीबाट प्लाईका ३ वटा गोदाम पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।