

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आज बेलायत भ्रमणमा जाँदै छन् ।
बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा उनी बेलायत जान लागेका हुन् । उनको यही असोज २६ गतेसम्म बेलायतको भ्रमण हुने बताइएको छ ।
प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।