एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली सर्वसम्मत

२०८० आश्विन २१, आईतवार

काठमाडौँ : नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक घनेन्द्र बस्नेतले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला विश्वकर्मा सर्वसम्मत भएका हुन् ।

पराजुली यसअघि पनि अध्यक्ष थिए । अधिवेशनमा अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि उनले फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनले पदाधिकारीसहित ७५ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ ।

पेसागत क्लस्टरमा भने सहमति जुटिनसकेकोले आइतबार सहमति जुटाएर नयाँ नेतृत्वको पूर्ण कमिटी घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार