बढ्यो सुनचाँदीको मूल्य

२०८० आश्विन २१, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार