संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा सुरेश अधिकारी

२०८० आश्विन २१, आईतवार

काठमाडौँ : संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् ।

शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो ।

सभाले समाजको सदस्यहरुमा चन्द्र शर्मा, बि।पाण्डे, प्रमोद ढुंगाना, वसन्त सापकोटा, शिरीष देवकोटा, पिएन सापकोटा, रामु खड्का, सुजन लम्साल, सुवास रेग्मी र प्रसाद लामिछाने छानेको छ।

समाजको निर्वाचन संयोजकमा अधिवक्ता समेन्तमणि खराल रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार