बेलायती पाउण्ड १६० नाघ्यो, अरु कुन देशको कति पुग्यो ?

२०७९ माघ २७, शुक्रबार ०८:३१ बजे

काठमाडौं : नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ३ पैसा र बिक्री दर १६० रूपैयाँ ७६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ९७ पैसा र बिक्री दर ९२ रुपैयाँ ३९ पैसा रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार