शिवम् सिमेन्टको नाफा ३२ करोड माथि

२०७९ माघ २७, शुक्रबार १०:२४ बजे

काठमाडौं : शिवम् सिमेन्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३ प्रतिशत घटेर ३२ करोड ९० लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी घटेका कारण नाफामा असर गरेको कम्पनीले बताएको छ ।

साथै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी २७.३७ प्रतिशत घटेर ३ अर्ब ३४ करोड ३० लाख ७० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख २४ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.५८ प्रतिशत घटेर ३ अर्ब ६६ करोड ६७ लाख ५३ हजा। रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड ६६ लाख ६८ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

कम्पनीको कुल खर्च १८.८२ प्रतिशत घटेर ३ अर्ब ३३ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ११ करोड १० लाख ३८ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष ३.१४ प्रतिशत बढेर ४ अर्ब ७० करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार