
टर्की : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ । सिरिया र टर्कीएका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीएको सिमाना पार गरेर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तरराष्टिय सहयोग हो । टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ ।
प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । बेलायतलगायत देशले टर्कीए र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।