
काठमाडौं : शुभम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। शुक्रबार बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बाँडफाँट सम्पन्न गरेको हो ।
कम्पनीको आईपीओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ । जसमा ४८ हजार १ सय ८८ जनाले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकी ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले माघ १८ देखि माघ २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आवेदन नदिएको सेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।
कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।