नेशनल लाइफको खुद नाफा ५७.७० प्रतिशतले बृद्दि,बीमा कोष ५६ अर्ब माथि

२०७९ माघ २७, शुक्रबार ११:०३ बजे

काठमाडौं : नेशनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५७.७०% ले वृद्धि गरेको हो । नेशनल लाइफको खुद बिमा शुल्क आम्दानी १०.८४% ले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ । यता, लगानी, कर्जा तथा अन्य आम्दानी पनि १९.५२% ले बढेर २२ करोड ९४ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

नेशनल लाइफको जीवन बिमा कोषको आकार पनि १८.९५% ले बढेर ५६ अर्ब भन्दा माथि पुगेको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा र प्रतिससेयर नेटवर्थ ११३ रुपैयाँ ७६ पैसा रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार