यति धेरैले घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

२०७९ माघ २७, शुक्रबार ११:१९ बजे

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १२ सय ९० रूपैयाँ कायम भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार