रोनाल्डोको चार गोलमा अल नासर बिजयी

२०७९ माघ २७, शुक्रबार ०९:०७ बजे

काठमाडौं : क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४-० ले पराजित गरेको छ ।

अल नासरका लागि पहिलो गोल गरेसँगै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरे । चार दिनअघि मात्रै ३८औं जन्मदिन मनाएका रोनाल्डोले पाँच फरक देशका लिग खेल्दा कूल ५०३ गोल गरेका हुन् ।

अल नासरका लागि रोनाल्डोले २१औं, ४०औं र ५३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने ६१औं मिनेटमा चौथो गोल गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार