आजबाट महिला टी–ट्वान्टी विश्वकप

२०७९ माघ २७, शुक्रबार १२:१५ बजे

काठमाडौँ : आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुँदैछ ।  

दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् । केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः ४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार