
एजेन्सी : टर्की र सिरियामा सोमवार बिहान आएको भूकम्पमा परी २१ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । हजारौं मानिस बेपत्ता छन् । भत्किएका भवनका भग्नावशेषमा च्यापिएका मानिसलाई उद्धार गर्ने काम जारी छ । तर समय बित्दै जाँदा त्यहाँ जीवितै मानिस भेट्ने सम्भावना न्यून बन्दै गएको छ ।
तर आठ वर्षका एक बालकको दुई दिनभन्दा बढी अर्थात् ५२ घण्टासम्म भग्नावशेषमा पुरिएको भए पनि जीवितै उद्धार गरिएको छ । यिगित चकमक नामक ती बालक टर्कीको हाते नामक शहरमा रहेको एक भग्नावशेषमा थिचिएका थिए ।
उद्धारकर्ताहरूले उनलाई निकालेपछि उनी आफ्नी आमासँग पुनर्मिलन गर्न पाए । आमालाई अँगालोमा हाल्दा उनी रोएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।