गायक युगल र बर्तिकाले गरे विवाह

२०७९ माघ २७, शुक्रबार १३:०९ बजे

काठमाडौँ : गायक युगल गुरुङ र गायिका बर्तिका एम राईले विवाह गरेका छन्।

उनीहरूले बिहीबार पारिवार, नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। युगल र बर्तिकालाई साथीहरूले सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन्।

युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन्। गायक युगलले ‘यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाएका छन्।

गायिका बर्तिकाले ‘तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएकी छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार