विवाह गरे निहारिका राजपुत र शिवराजले

२०७९ माघ २७, शुक्रबार १३:३७ बजे

जनकपुरधाम : कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग बिवाह गरेकी छिन् ।

उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर बिवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।

तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । यसविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् ।

निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन् । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार