माछा पालक कृषकलाई अचार बनाउने तालिम

२०७९ माघ २७, शुक्रबार १५:१३ बजे

देउखुरी : माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय माछा पालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम प्रदान गरिएको हो । तालिममा गाउँपालिका उपाध्यक्ष तारा थारूले सीपलाई व्यावसायिक रुपमा प्रयोग गर्नसके माछापालनबाट व्यवसायी बन्न सकिने बताए । उनले सीप सिकेर व्यवसायी बन्न चाहनेका लागि गाउँपालिकाले आर्थिक अनुदानसमेत उपलब्ध गराउने सक्ने बताए । यसैगरी सियारी गाउँपालिका–४ का अध्यक्ष श्रीराम यादवले सीप सिकेर आत्मनिर्भर बन्न लाग्नुपर्नेमा जोड दिए ।

छपिया माछा अचार लघुउद्यम समूह, छपियाका अध्यक्ष बेलमाया थापा तालिमले सीप सिकेर व्यवसायी बन्न प्रेरित गरेको बताए । तालिममा माछाबाट बन्ने १० प्रकारको परिकारबारे सिकाइएको थियो । यसैगरी माछाको टाउकोमा अनेक मसलायुक्त सामग्रीको मिश्रणबाट माछाको छोप र अचार बनाउने सीप सिकाइको तालिममा सहभागी लक्ष्मी घिमिरेले बताए ।

रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया नेपालकै माछापालनमा पकेट क्षेत्र मानिन्छ । यहाँको माछा बुटवल, भैरहवा, पोखरा र काठमाडौँ लगायतका सहरमा पठाइन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार