धिरज र सुहानाको फिल्म ‘भगवत गीता’ को छायाँकन शुरु

२०७९ माघ २७, शुक्रबार १५:२८ बजे

काठमाडौं : फिल्म ‘भगवत गीता’ को छायाँकन शुरु भएको छ । झरना थापाको निर्देशनमा तयार हुने यस फिल्मको छायाँकन जनकपुरबाट सुरु गरिएको हो । जनकपुरमा फिल्मको छायाँकन करिब २० दिन हुनो बताइएको छ ।

सार्वजनिक तस्बिरमा झरना र फिल्मकी अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगर देखिएका छन् । फिल्ममा विपिन कार्की पनि मुख्य भूमिका रहनेछ । फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार