ट्रयाक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु

२०७९ माघ २७, शुक्रबार १५:३७ बजे

विराटनगर : तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा म्याङ्लुङ नगरपालिका-६ कि ७६ वर्षीया हर्क मोती लिम्बु रहेके प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्यास सिलिण्डर बोकेर सदरमुकाम तर्फ जाँदै गरेको को १ त ५५३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टँदा भान्साघरमा आगो ताप्दै गरेकी विशाल लिम्बुकी आमा हर्क मोती घाईते भएकी थिइन् ।

सुरुमा ट्रयाक्टरले ६२ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिदा ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । ट्रयाक्टर पल्टिँदा घाइते भएकी हर्क मोती लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालक म्याङलुङ १ का देश बहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार