संघीय संसदमा राष्ट्रपति भण्डारीको सम्बोधन- उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा

२०७९ माघ २७, शुक्रबार १५:४९ बजे

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरिरहेकी छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् ।

उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार