सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को टिजर (भिडिओ)

२०७९ माघ २७, शुक्रबार १७:०६ बजे

काठमाडौं : सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार म्युजिक डटकमको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ। टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्।


शिव ढकालले छायांकन गरेकाे फिल्मलाई अर्जुन जिसी र निर्देशक सुनारले सम्पादन गरेका हुन्।

यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार