
काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक जना उपसचिवको एकै दिन दुई पटक सरुवा गरेको पाइएको छ । मन्त्रालयले उपसचिव महेन्द्र विश्वकर्मालाई एकै दिन दुई ठाउँमा सरुवा गरेको हो ।
फागुन १६ गते झापाको मेचीनगर नगरपालिकामा सरुवा गरिएका विश्वकर्मालाई इलामको माईनगर नगरपालिका पनि सरुवा गरियो । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएको थाहा पाएर जाने तरखरमा रहेका विश्वकर्माले रमाना पत्र बुझ्दा पत्रमा माई नगरपालिकामा पठाइएको ब्यहोरा उल्लेख थियो ।
मेचीनगरबाट माई नगरपालिकामा सरुवा हुनुमा राजनीतिक चलखेल भएको हुनसक्ने आशङ्का गरिएको छ । मन्त्रालयको प्रशासन महाशाखाले भने विश्वकर्माको सरुवा घटनालाई सामान्य रूपमा लिनुपर्ने बताएको छ । माई नगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।