महोत्तरीबाट बेपत्ता पाँच किशोरी ढल्केवरमा भेटिए

२०८० कार्तिक २४, शुक्रबार

ढल्केवर : महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ती किशोरीहरू फेला परेका हुन् ।

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया सङ्गीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले बताए ।

उनले फेला परेका ती किशोरीहरूलाई इलाका प्रहरी कार्यालय औरही महोत्तरीलाई जिम्मा लगाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार