

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख १४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम कायम भएको छ ।